Logo

कलैयामा लकडाउन गर्नुपर्ने आवश्यकता छैन- राजेशराय यादव, मेयर



काठमाडौं, ९ असार । कलैया उपमहानगरपालिकाका मेयर राजेशराज यादवले नगरमा कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभेटिएको बताएका छन् । तर, रोकथामको उपाय अपनाइएको बताएका छन् । मेयर यादवसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
कलैयाको बारेमा जनतालाई बताइदिनुस् न ?
यहाँको अवस्था एकदमै ठीक छ ।
कलैयामा कुनै पनि समस्या छैन ?
समस्या त अहिले कोरोना भाइरसको छँदैछ नि ।
कोरोनाको समस्याले क्वारेन्टाइनमा बस्नेहरुलाई कुनै समस्या छैन ?
अहिले क्वारेन्टाइनमा बस्नेहरुलाई कुनै समस्या छैन । सबै राम्रो व्यवस्था छ ।
अहिले तपाईंको उपमहानगरपालिकामा संक्रमितको संख्या कति ?
कलैया उपमहानगरपालिकामा आजसम्म ४५ जना हुनुहुन्छ । त्यसमा १२ जना महिला र ३३ जना पुरुष रहेका छन् ।
त्यहाँ महामारीको समस्या छ भनिन्छ नि ?
कलैया महानगरपालिकामा कोरोना पोजेटिभ अहिलेसम्म एउटा पनि छैन ।
त्यसोभए कलैया उपमहानगरपालिका कोरोना मुक्त भयो ?
अहिलेसम्म एउटा पनि संक्रमित नदेखिएकाले मुक्त नै हो ।
एकजनालाई पनि संक्रमण भएको छैन ?
भएको छैन । कलैया उपमहानगरपालिकामा क्वारेन्टाइन र आइसुलेसन छ यो भित्र एउटा पनि संक्रमित छैन ।
त्यसोभए त्यहाँका जनताहरु कुनै समस्या छैनन् ?
समस्या नै नभएको भने होइन । किन भने भौतिक दूरी कायम गर्नुपर्ने । माक्स, सेनिटाइजर लगाउनुपर्ने, भीडभाडमा जानुनहुने लगायतका समस्या त सबै ठाउँमा छँदैछन् । तर, यहाँका जनतामा संक्रमण छैनन् । जनताहरु भने संक्रमणको संन्त्रासले भयभित चाहीं छन् ।
कलैया ग्रिन जोनमा हो ?
आजसम्म त ग्रिन जोनमै छ ।
त्यहाँका जनताहरुको राहत वितरण भइरहेको छ, खानपाइरहेका छन् ?
राहत सामग्री वितरण गर्ने समस्या त छँदैछ । लकडाउनले काम गर्न नपाएपछि ती मजदूरहरुलाई खानाको समस्या त हुने नै भयो । भनेजस्तो काम गर्न नपाएकाले खाना पाउने अवस्था सहज छैन ।
ज्याला मजदुरी गरेर खाने मजदूरले खान पाएका छैनन् ?
हो, सहज रुपमा खान पाएका छैनन्, धेरै अप्ठ्यारो छ । भनेको बेलामा काम पनि पाएका छैनन् । काम भएपनि लकडाउनका कारण काम गर्ने वातावरण पनि छैन ।
अनि तपाईहरु जनताको प्रतिनिधि भएर के हेरेर बस्नुभएको छ ?
पहिला केही राहत वितरण गरेका थियौं । अहिले फेरि राहत जम्मा गरिसकेका छौं अब कुन मापदण्डमा गएर वितरण गर्ने भनेर छलफल भइरहेको छ ।
कलैयाका उद्योगधन्दा सुचारु भयो ?
यहाँका सानासाना उद्योगधन्दा सञ्चालन भइरहेका छन् ।
यातायातका साधनहरु पनि चलेका छन् ?
पब्लिक गाडीहरु खुलेका छैनन् । प्राइभेट र सरकारी गाडीहरु मात्रै चलिरहेका छन् ।
त्यसो भए कलैयामा लकडाउन गर्नुपर्ने अवस्था छैन ?
कलैया उपमहानगरपालिकामा लकडाउन लगाउनुपर्ने आवश्यकता छैन ।
प्रदेश नं. २ संक्रमणको खतरामा हो ?
अहिले प्रदेश नं. २ को कुरा गर्दा रौतहटमा बढिनै छ । त्यसको तुलनामा कलैया उपमहानगरपालिका धेरै कम हो । रोतहट, सर्लाही र पर्साको कुरा गर्दा बारामा कमै छ ।



प्रतिक्रिया दिनुहोस्