Logo

हरेक क्षेत्रमा चरम भ्रष्टाचार भएको भन्दै सांसद संग्रौलाद्धारा सरकारको कडा आलोचना



काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले कोरोना नियन्त्रणका लागि सरकार संवेदनशील नभएको र क्वारेन्टिन व्यवस्थापनमा ध्यान नदिएको तथा हरेक क्षेत्रमा चरम भ्रष्टाचार भएको आरोप लगाएकी छिन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले राज्य समस्यामा परेको समयमा समेत सरकार तथा सरकारी निकाय चरम भ्रष्टाचारमा लागेको उनको आरोप छ । संग्रौलाले भनिन्,“कोरोनाभन्दा सबैभन्दा ठूलो रोगका रुपमा भ्रष्टाचार देखियो ।” उनले सरकारले स्थापना गरेको क्वारेन्टिनमा नै महिलामाथि दुव्र्यवहार र बलात्कारका घटना बढेको भए पनि अपराधमा संलग्नलाई कारवाही नभएकामा आपत्ति प्रकट गरे ।

सांसद पार्वती बिसुङ्खेले दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले साधन र स्रोतको व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराईन् । सांसद केदार सिग्देलले कृषि उपजको उतपादनमा विशेष ध्यान दिन, देशभरका चिनी मिल चल्ने वातावरण बनाउन र कृषकलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन आग्रह गरे । file photo



प्रतिक्रिया दिनुहोस्