Logo

गुल्मीमा थप ५ जनामा कोरोना पुष्टि



गुल्मी, असार १० । गुल्मीमा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकाका पाँच जनामा प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

आज फेला परेका नयाँ संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरु रहेका छन् । अव जिल्लाभर कोरोना संक्रमितको संख्या दुई सय ४५ जना पुगेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्