काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका भिसी प्रा.डा. धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएको छ । आज (बुधबार) दिउँसो नेविसंघका नेता तथा कार्यकर्ताहरु भिसीको कार्यालय पुगेर उनको कुर्सी बाहिर ल्याएर जलाएका थिए ।
उता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेविसंघले भिसी बाँस्कोटामाथि हातपात र दुव्र्यवहार गरेको उल्लेख गर्दै नेविसंघले कस्तो लोकतन्त्र, शिक्षा पद्धती र संस्कार चाहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले नेविसंघले भिसीको कुर्सी जलाएको तस्विर सार्वजनिक गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-‘आज नेबि संघले त्रिभुवन बिश्वबिद्धालय को उपकुलपति प्रा डा धर्मकान्त बास्कोटामाथी हातपात र दुर्व्यवहार गर्दै उहाँको कुर्सी भिसी कार्यालय अगाडी को बाटोमा ल्याएर जलाएको छ र कार्यालयमा ताला लगाएको छ।
मेरो प्रश्नस् नेबि संघले कस्तो लोकतन्त्र ,शिक्षा पद्धती र संस्कार चाहेको होरु