पोखरा, असार ११ । नेपालमा कोरोना भाइरसबाट बिहिबार थप एक जना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको छ ।
मृतक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको तयारी भई रहेको जनाइएको छ । गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।