Logo

ओलीलाई अप्ठ्यारोमा पार्ने दाहाल-नेपाल रणनीति !



काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउनको लागि खेल सुरु भएको टिप्पणी गरेसँगै राजनीतिक वृत्त तातिएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी पनि सुरु भएको छ । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आईतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले आफूलाई हटाउन खोजेको सनसनीपूर्ण दाबी गरेका थिए ।

ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको र भारतको उक्त खेलमा नेपालका नेताहरू पनि लागेको आरोप लगाएका थिए । तर, प्रधानमन्त्री ओलीको दल नेपाल कम्युनिष्ट पार्टी (संसद) मा स्पष्ट बहुमतमा छ । नेकपाबाहेक ओलीलाई कसैले पनि हटाउन सक्ने अवस्था छैन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक विश्लेषक तथा कुटनीतिक मामिलाका जानकारहरुले कच्चा टिप्पणीको संज्ञा दिएका छन् ।

ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था संविधानमा छैन् : भट्टराई

ओलीले हिजोको सम्बोधनमा भनेका थिए,‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ, भारतीय मिडिया सुन्नु भएको होला, भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ।’ नेपालले नयाँ अद्यावधिक नक्सा संसदबाट पारित गर्ने थालनी गरेदेखि र पारित भएपछिको सन्दर्भमा भारतीय मिडियाले नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर प्रकाशन र प्रशारण गर्ने समाचार सामग्रीलाई नेपाली जनताले समेत बेवास्ता गरेको अवस्थामा प्रधानमन्त्री ओलीले कसरी त्यही समाचारलाई आधार मानेर आफूलाई हटाउने खेल सुरु भएको भनेर टिप्पणी गर्न सक्छन् ? मुख्य कुरा उनको अभिव्यक्ति पार्टीभित्रै लक्षित छ । उनी पार्टीभित्रै असुरक्षित महशुस गरिरहेका छन् ।

नेकपाभित्र अहिले उनी स्पष्ट अल्पमतमा छन् । सरकार र पार्टी एकलौटी ढंगले सञ्चालन गर्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । अहिले नेकपाको स्थायी कमिटी बैठक जारी छ । गत बुधबारदेखि सुरु भएको बैठक तीन दिन बसेर भोलि मंगलबार पूनः बस्नेगरि स्थगित् भएको छ । बैठकको पहिलो दिन अध्यक्षद्धय ओली र पुष्पकमल दाहालले समसामयिक विषयमा आफ्नो मन्तव्य दिएका थिए । दुवै अध्यक्षले एक एक घण्टा बोलेका थिए । बैठकको पहिलो दिनमै ओली रक्षात्मक र दाहाल आक्रामक बनेको नेताहरुले जनाएका थिए । त्यतिमात्रै होईन, बरिष्ठ नेता माधव कुमार नेपालले त ओलीलाई बोल्दाबोल्दै बीचमै रोकेका थिए । ओलीले सरकारले संकटको यस घडीमा धेरै राम्रो काम गरेको र ईतिहासमा कुनैपनि प्रधानमन्त्रीले आफूलेजति काम नगरेको दाबी गरेका थिए । लगत्तै, नेता नेपालले उनलाई आफ्नो प्रशंसा आफैं नगर्न भन्दै के के विकास भयो ? भन्ने कुरा फिल्डमै गएर हेर्न सुझाएका थिए ।

दोस्रो दिन, शनिबारको बैठकमा ओली उपस्थित् नै भएनन् । बैठकको तेस्रो दिन पनि ओली १५ मिनेटमात्रै उपस्थित् भएर बाहिरिएका थिए । स्वास्थ्य अवस्था ठीक नभएकोले बैठकमा नबसेको उनको सचिवालयले जनाएको छ । सो कुरा दाहालले पनि बैठकमा उपस्थित् सदस्यहरुलाई जानकारी गराएका थिए । आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएको भन्दै उनी दुःखी भएको उनी समर्थक नेताहरुको अभिव्यक्ति सार्वजनिक रुपमै आईरहेको छ । ओलीविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले सरकारको काम चित्तबुझ्दो नभएको भन्दै ओलीसामू आलोचना गरेका थिए । ओली पार्टीभित्र स्पष्ट रुपमा अल्मपतमा छन् । बजेट आउनुपुर्व नै उनीविरुद्ध दाहाल-नेपाल समूहले घेराबन्दी गरेका थिए । कतिसम्म भने संसदीय दलमै बहुमत पुर्याउनेगरि दुवै पक्षले सांसदहरुको हस्ताक्षर अभियान नै चलाएका थिए ।

दुवै समूहले सचिवालय बैठकमा पटक-पटक अल्पमत र बहुमत देखाउने कामसमेत गरेका थिए । सचिवालय सदस्य वामदेव गौतमले दाहाल–नेपाल समूहलाई साथ नदिँदा ओली सचिवालयमा त्यतिवेला बहुमतमा देखिएका थिए । तर, नेता गौतमले ओलीको साथ छोडेर पूनः दाहाल-नेपाल समूहमा आफूलाई उभ्याएपछि ओली अप्ठ्यारोमा परेका छन् । नेता गौतमले हालै आफ्नो सचिवालयमार्फत एक विज्ञप्ती निकालेर आफू ओलीको साथमा नरहेको स्पष्ट पारिसकेका छन् । कतिसम्म भने गौतमले सरकारले राम्रो काम नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

नेपालका प्रधानमन्त्रीलाई भारतले कसरी हटाउन मिल्छ ?- रामकृष्ण यादव, नेता, नेपाली कांग्रेस

प्रधानमन्त्री ओलीले आफूलाई हटाउनेगरि दाहाल-नेपाल समूहले तयारी थालेको थाहा पाएर नै भारतलाई दोष लगाएको पनि एकथरिको टिप्पणी छ । अध्यक्ष दाहालले त ओलीलाई पाँच वर्षको प्रधानमन्त्री भनेर सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । आफू अहिले प्रधानमन्त्री बन्ने दौडमा नरहेको उनको भनाई रहँदै आएको छ । नेकपाभित्र यतिवेला ‘एक व्यक्ति, एक पद’ को माग उठिरहेको छ । यो माग नेपाल समूहका नेताहरुले जोडदार रुपमा उठाएका छन् ।

तर, ओली समूहका नेताहरुले कुनैपनि हालतमा महाधिवेशन नभएसम्म यो लागु नहुने बताउँदै आएका छन् । अहिले नेकपाभित्र शक्ति संघर्ष सुरु भएको छ । ओलीबाट मुलुकले पार नपाउने दाहाल-नेपाल समूहले निश्कर्ष निकालेको छ । स्थायी कमिटी बैठक सुरु भएयता दाहाल-नेपाल समूहका शीर्ष नेताहरुबीच गोप्य भेटवार्ता तथा छलफल भैरहेको स्रोतको दाबी छ । स्थायी कमिटी बैठकबाट ओलीलाई अप्ठ्यारोमा पार्ने उनीहरुको रणनीति छ ।

प्रधानमन्त्री ओली नियतवश स्थायी कमिटीको बैठकमा अनुपस्थित् हुनुभएको होईन् : डा. भट्टराई (भिडिओसहित)

ओलीलाई जसरीपनि सरकारबाट विस्थापित गराउनेगरि दाहाल-नेपालले रणनीति बनाएको नेकपानिकट स्रोतको दाबी छ । ओलीलाई हटाउँदा उनको ठाउँमा दाहाललाई ल्याउने र नेता नेपाललाई अध्यक्ष बनाउने उनीहरुको योजना छ । यसको लागि दाहाल र नेपालबीच कुराकानीसमेत भैरहेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्