काठमाडौं, १८ असार । पूर्वमन्त्री जयप्रकाश गुप्ताले विगतेको तीन महिनादेखि आन्तरिक किचलोले वर्तमान सरकार जनस्वास्थ्यप्रति पूरै उदासिन देखिएको आरोप लगाएका छन् । सामािजक सञ्जाल ट्विटरमार्फत गुप्ताले कोरोनाको चरम विनासको प्रक्षेपित महिनापनि सेप्टेम्बर भएको सुनाउँदै यस्तो बेलामा पनि नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाईरहेको गुनासो पोखे । उनले नेकपा नेतृत्वलाई अपराधीको संज्ञा समेत दिएका छन् ।
गुप्ताले लेखेका छन्,’बितेको ३ महिनादेखि आन्तरिक खिंचलोले सरकार जनस्वाथ्य प्रति पुरै उदासिन छ। प्रम फेरिए अबको ३ महिना पनि मधुरात्रि मै बिताउने छन्। #कोरेना को चरम बिनासको प्रक्षेपित महिना पनि सेप्टेम्बर नै हो। कस्तो अपराधी रै’छ-नेकपाको सर्वोच्च संगठन,श्मसानमा पनि प्रणयको गीत गाउदैछ !’