Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या कुन देशमा कति?(तथ्याङकसहित)



काठमाडौं, असार २३ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ४० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या पाँच लाख ४० हजार आठ ६ सय ६० पुगेको जनाएको छ ।

 

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल, तेस्रोमा भारत, चौथोमा रसिया र पाँचौमा पेरुमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

अमेरिकामा सोमबारसम्म एक लाख ३२ हजार नौ सय ७९ मानिसले ज्यान गुमाइसकेका छन ।त्यस्तै, ब्राजिलमा ६५ हजार पाँच सय ५६, भारतमा २० हजार एक सय ७४,रसियामा १० हजार दुई सय ९६ र पेरुमा१० हजार सात सय ७२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाई सकेका छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संक्रमणबाट बढी मृत्यु हुनेदेश मध्ये स्पेनमा २८ हजार तीन सय ८८, बेलायतमा ४४ हजार दुई सय ३६, मेस्किकोमा ३१ हजार एक सय १९ र इटालीमा ३४ हजार आठ सय ६९ रहेको समेत तथ्याङकमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्