काठमाडौं, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीचको भेटवार्ता पार्टीभित्रको विवाद हल गर्नमै केन्द्रीत रहने बुझिएको छ । असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए ।
तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । ओलीको राजीनामा माग्नेमा अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु छन् । स्थायी कमिटीको बैठक असार २६ गते विहान ११ बजेको लागि बोलाईएको छ । File Photo