Logo

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने पक्राउ



काठमाडौँ १ साउन : नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा २८ वर्षीय दिवाकर देउजा पक्राउ परेका छन् । टेलिकमको मोबाईल एपमा अनधिकृत रुपमा प्रवेश गरी आर्थिक गतिविधि गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्युटर अपरेटर पोस्टमा कार्यरत देउजालाई ब्युरोले पक्राउ गरी आज बिहिबार सार्वजनिक गरेको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्