Logo

सुशान्तकी गर्लफ्रेन्डले गरीन् सीबिआई जाँचको माग



काठमाडौ, २ साउन । सुशान्त सिंह राजपुतको निधनलाई लिएर सीबीआईले अनुसन्धान गर्नुपर्ने माग भइरहेको छ । सुशान्तका साथी र कलाकार शेखर सुमनले लगातार यो केशलाई सीबीआईले अनुसन्धान गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

त्यसो त सांसद सुब्रमण्यमले पनि सुशान्तको केशलाई सीबीआईले अनुसन्धान गर्र्नुपर्ने माग राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए । आज सुशान्तको केटी साथी रिया चक्रवर्तीले सामाजिक सञ्जालमार्फत गृह मन्त्री अमित शाहलाई सुशान्तको केस सीबीआईलाई अनुसन्धान गर्न जिम्मा दिन आग्रह गरेकी छिन् ।

रियाले गरेको यो आग्रहको बारेमा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सुशान्तको निधन बारे अनुसन्धान गर्न मुम्बईका प्रहरी नै काफि रहेको भन्दै सीबीआईको आवश्यकता नभएको जवाफ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्