काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता जारी छ । आज ३ बजे बस्ने सचिवालय बैठकभन्दा अघि नै सहमतिको प्रयास खोजिने उद्देश्यले दुई अध्यक्ष छलफलमा बसेका हुन् । गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चर्किएको हो । तर, ओलीले भने दुवै पदबाट आफूले राजीनामा नदिने अडान लिएका छन् । यही विवादको बावजुद स्थायी कमिटीको बैठक साउन ४ गतेसम्मको लागि सारिएको छ । file photo/reportersnepal.com