Logo

प्रचण्डले बोलाएको भेलामा बादल, जनार्दन शर्मा र लेखराज भट्ट अनुपस्थित्



काठमाडौं, ५ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नो समूहका नेताहरूसँग आन्तरिक छलफल र परामर्शमा जुटेका छन् । आजमात्रै अध्यक्ष दाहालले पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए । उक्त भेलामा दाहालले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका थिए । भेलामा सहभागी नेताहरुले अब स्थायी कमिटी बैठक लम्ब्याउन नहुने र एउटा निश्कर्षमा पुग्न दाहाललाई सुझाव दिएका थिए ।

दाहालले बोलाएको भेलामा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट र जनार्दन शर्मा नगएको बुझिएको छ । बादलले आफू अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले सोही समयमा आउन नसक्ने जानकारी गराएका थिए । मन्त्री भट्ट भने पछिल्लो समय दाहाल क्याम्पमा छैनन् । उनले खुलेरै अर्का अध्यक्ष ओलीलाई साथ दिने बताईसकेका छन् ।

अर्का नेता शर्मापनि दाहालले बोलाएको भेलामा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पछिल्लो समय दुई अध्यक्ष ओली र दाहाललाई मिलाउनको लागि नेता शर्माले सक्रिय भूमिका खेलिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तालाई दाहालले परिवन्ध भनेपनि शर्मा भने दाहाल पुग्नुभन्दा अघि नै शितलनिवासमा थिए । file photo



प्रतिक्रिया दिनुहोस्