काठमाडौं, ६ साउन । सरकारले भदौ १ देखि लागु हुने गरी लामो दुरीको सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । सुरक्षा मापदण्ड पूरा गरी सवारी साधान सञ्चालन गर्न दिइने निर्णय मन्त्रिपरिषद्ले सोमबार गरेको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
यसअघि छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिने निर्णय अनुसार सुचारु भइसकेको छ । आधा सिट राखेर सुरक्षा मापदण्डसहित सवारी सञ्चालनमा आएका छन् ।
लामो दुरीको सवारी सञ्चालनमा पनि सुरक्षा मापदण्ड अपनाउनुपर्नेछ । लामो दुरीको सवारी सञ्चालनमा आउने भएपछि आर्थिक तथा सामाजिक गतिविधि बढ्ने भएको छ ।-File Photo