काठमाडौं, ८ साउन । काठमाडौंमा आज एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा चम्पादेवी घर भइ काठमाडौं बस्ने उनलाई आज साँझ सितापाईलामा एसिड प्रहार भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार उनको गालामा र हातमा एसिड परेको छ र अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको छ । file photo