Logo

छलफल गरेर मात्र परीक्षाको कार्यतालिका निकाल्न अनेरास्ववियुको आग्रह



काठमाडौँ, ९ साउन: अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

‘‘बन्दाबन्दीको बेला आआफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्युनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ’’, उनले भने, ‘‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाब दिएको छ । परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ ।’’

उनले विद्यार्थीको कोभिड–१९ को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन् । यसैगरी आफ्नी श्रीमतीको वर्वरतापूर्ण ढङ्गले हत्या गरी जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायश महानिरीक्षक रञ्जन कोइरालालाई विना आधार आड वर्ष ६ महिना मै थुनामुक्त गर्ने आदेश दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई विशेष अधिवेशन बोलाई संसद्मा महाअभियोगको प्रस्ताव अघि बढाउन माग गरेका छन् ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्