Logo

भारतको मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी, १० साउन । भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी आफैले कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।

चौहानले ट्वीटरमार्फत् जानकारी दिएका हुन् । उनी चिकित्सकको सल्लाह अनुसार क्वारेन्टाइनमा बसेको बताएका छन् । भारतमा लकडाउनकै समयमा मुख्यमन्त्री बनेका चौहानसँग सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।-File Photo: PTI



प्रतिक्रिया दिनुहोस्