Logo

एपीएफ टोलीद्वारा चौपाया बरामद



पश्चिम नवलपरासी, ११ साउन । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित रतनगंजबाट साउन ९ गते राति एपीएफ टोलीले करीब १७ लाख रुपैयाँ बराबरको अवैध चौपाया बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थमा उल्लेखित मूल्य बराबरको ८५ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र अस्थायी सुरक्षा बेस कालिनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चौपाया स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । file photo



प्रतिक्रिया दिनुहोस्