Logo

अख्तियारबाट डामिएको निर्माण कम्पनीलाई ठेक्का



काठमाडौं, साउन १२ । भ्रष्टाचारको अभियोगमा अख्तियारमा मुद्दा झेलिरहेको भौतिक निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिलाई प्रदेश १ सरकारले अनुकल खरिद ऐन निर्माण गरेर ठेक्का दिन लागेको खुलेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री आम्बिरबाबु गुरुङको योजनामा अख्तियारमा भ्रष्टचार मुद्दा भेलिरहेको कम्पनी कालिकालाई अनुकुल खरिद नियमावली बनाएर ठेक्का दिन लागेको खुलेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत खरिद नियमावली निर्माण गराएर २१ जेठमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पारित गरेको थियो ।

मन्त्रीपरिषदो स्विकृतीपछि जारी भएको नियमावली अनुसार अब प्रदेशमा भ्रष्टाचार मुद्दा खेपिरहेका ठेकेदार कम्पनीले पूर्वाधार निर्माणको कामको ठेक्का पाउने बाटो खोलिएको छ । जबकी संघीय सरकारले ३१ बैसाख २०७६ मा सार्वजनिक खरिद नियमावली संशोधन गर्दै भ्रष्टाचार मुद्दा लागेकाहरुलाई सो मुद्दाबाट सफाइ नपाएसम्म ठेक्कामा सहभागी नगराउने प्रावधान राखेको थियो ।

प्रदेश १ सरकारका भौतिक पुर्वाधार विकास राज्य मन्त्री अम्बिरबाबु गुरुङ छन । उक्त्त मन्त्रालयको फुल विभागिय मन्त्रीमा शेरधन राई आफै हुन ।

विषेश अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेको कालिका कन्स्ट्रक्सनसँगको मिलेमतोमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबहादुर गुरुङले भ्रष्टाचारको मुद्दा लागेका निर्माण व्यवसायीलाई पनि ठेक्कामा सहभागी हुन पाउने प्रक्रिया अगाडि बढाएकोले मिलेमतो प्रस्ट भएको छ ।

मन्त्री गुरुङ र कालिका कन्ट्रक्सनका प्रतिनिधि उज्जवल प्रसाईसँगको मिलेमतामा अब कालिकालाई प्रदेश १ को ठेक्कामा सहभागी हुन पाउने निर्णय मन्त्रिपरिषदबाट पनि भैसकेको जन आस्था साप्ताहिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्