काठमाडौं, १२ साउन । आजदेखि शुक्रबारसम्म फेरि ठूलो पानी पर्नसक्ने सम्भावना रहेको छ । देशका कतिपय स्थानमा बाढी, पहिरो जानसक्ने, डुबान हुनसक्ने भएकाले सुरक्षित रहन भनिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १२ साउनको अपरान्हबाट १६ साउनसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भू भाग नजिक रहिरहने तथा पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले अबको चार दिनसम्म नेपालमा मनसुन सक्रिय हुनेछ ।
यसैगरी, बाढी सूचना केन्द्रका अनुसार आज विहान कास्की, लुम्ले र स्याङ्जामा भारी वर्षा भएको छ । भारी वर्षाले लमजुङ, पवर्तत र हासपासको जिल्ला भई बहने खोला तथा नदीको बहाव बढेको छ ।-File Photo