Logo

महाधिवेशनको तयारीमा लागौं : ईश्वर पोखरेल



काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको केन्द्रिय कमिटीले सर्वसम्मतीले महाधिवेशनको लागि मिति तय गरेकोले त्यसको तयारीमा जुट्न आग्रह गरेका छन् । पार्टीभित्र आन्तरिक विवाद चुलिएको बेला उपप्रधानमन्त्री पोखरेलको आज यस्तो टिप्पणी आएको हो ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्,’राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता गर्यौं ! त्यो ऐतिहासिक एकता गर्दा पुरागर्न बाँकीरहेका विचार,संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मन्च अर्थात् महाधिवेशनको तयारीमा लागौं ! के.कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं !’ file photo

 



प्रतिक्रिया दिनुहोस्