Logo

सुनिल थापासहितका नेताहरू मङ्गलबार काँग्रेस प्रवेश गर्ने



काठमाडौँ, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का नेता सुनिलबहादुर थापाले लोकतान्त्रिक शक्तिलाई बलियो बनाउने उद्देश्यले बिना शर्त मङ्गलबार नेपाली काँग्रेसमा प्रवेश गर्न लागेको बताउनुभएको छ ।

राप्रपासँग सैद्धान्तिक मतभेद भएको र यसका संस्थापक नेता सूर्यबहादुर थापाले अगाडि बढाएको सिद्धान्तलाई पनि छाडेकाले अब काँग्रेसमा प्रवेश गर्न लागेको जानकारी दिनुभयो । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम तय गरिएको बताउनुभयो । नेता थापासहितका ३० जना नेताहरूले केही दिनअघि राप्रपा त्याग गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्