Logo

जब घनश्याम भुषाललाई रघु पन्त र बेदुराम भुषालले झम्टिए



काठमाडौं, १४ साउन । ‘यसलाई बैठक नभनी भेला भनेर जाऔं,’ हिजो बसेको नेकपा स्थायी कमिटी बैठकमा कृषिमन्त्री घनश्याम भुषालले यति मात्र भनेका दिए रघुजी पन्त र डा. बेदुराम भुषाल झम्टिएर पुगे । उनको नोटबुक नै खोसेर च्यात्न खोजे ।

हिजो बसेको नेकपा स्थायी कमिटी बैठकमा रघु पन्त र बेदुराम भुषालले झम्टन नै खोजेपनि अन्य नेताहरुले रोकेका थिए । पन्त र भुषाल घनश्याम भुषालसँग कडा रुपमा प्रस्तुत हुनुमा उनको पछिल्लो भुमिकापनि कारण थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले घनश्याम भुषालले गुट छाडेको रुपमा बुझेको छ । भुषाल माधव नेपालकै गुटबाट मन्त्री भएका थिए । तर, उनी ओलीप्रति लचिलो हुने गरी प्रस्तुत भएकोमा उनीहरु सन्तुष्ट छैनन् । स्थायी कमिटी बैठकलाई भेला भन्न खोजेपनि पन्त र भुषाल आक्रोशित भएका थिए ।

हिजोको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य बामदेव गौतम र स्थायी कमिटी सदस्य योगेश भट्टराई पनि सहभागी थिए । भुषालले यी नेताहरुको समेत धारणा समेटेर बोलेको बुझिएको छ । यसलाई माधव नेपाल पक्षधरले भने गुट परिवर्तनका रुपमा बुझेको छ ।



प्रतिक्रिया दिनुहोस्