एजेन्सी, १४ साउन । चीनले कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोगमा ल्याएको छ । उसले कोरोनाविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीमा यसको प्रयोग शुरु गरेको हो । अत्यावश्यक सेवामा परिचालितहरुलाई उनीहरुको इच्छा मुताबिक खोप प्रयोगमा ल्याउन थालेको हो ।
चिनियाँ नेश्नल फार्मा ग्रुप सिनोफार्मद्वारा निर्मित कोरोना खोपलाई अत्यावश्यक संक्रमितमाथि प्रयोग गरिने कम्पनीले जनाएको थियो । कम्पनीले आधिकारिक रुपमा खोपको व्यवसायिक प्रयोग गर्ने अन्ुमति भने पाइसकेको छैन् ।
स्वयंसेवीमा खोपको प्रयोग गर्दा खोप साकारात्मक र सुरक्षीत पाइएको कम्पनीले बताएको छ । खोपको अन्तिम चरणको परिक्षण भने चालू अवस्थामा रहेको कम्पनीले बताएको छ । संघाईका केही स्थानिय अस्पतालका स्वास्थ्यकर्मीहरुमा खोपको निः शुल्क लगाइएको छ । उनीहरुको स्वास्थ्य अवस्थाको नतिजाको पर्खाइमा कम्पनी रहेको जनाइएको छ ।
मान्यता नपाएको खोपले अत्यावश्यक संक्रमितमाथि प्रयोग गर्न मिल्ने समेत कम्पनीले जनाएको छ । मे २९ मा खोपको परिक्षण करिब २ हजार व्यक्तिमा गरिएको थियो । नतिजा निकै प्रभावकारी देखिएको थियो । खोपका तेस्रो चरणको परिक्षण अरबमा समेत प्रारम्भ भएको छ । अरब परिक्षण गर्ने व्यक्तिका संख्या भने १५ हजार रहेको छ । खोपले शरीरमा संक्रमणलाई न्युन गर्न र प्रतिरक्षा प्रणालीलाई विकास गर्न कार्य गर्दछ । कोरोना खोप निर्माण गर्नेे दौडमा रहेको विभिन्न कम्पनीहरु मध्ये सिनोफर्म अग्र स्थान कायम गर्न सफल भएको कम्पनीले दाबी गरेको छ ।-Photo Source: Global Times