दाङ, १४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिचाँईमन्त्री दिपक गिरीले वर्तमान सरकार हरेक कोणबाट असफल भएको दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै गिरीले वर्तमान सरकार जनताको समृद्धिका सवालमा निकम्मा सावित भएको समेत आरोप लगाए ।
विश्वव्यापी कोरोना संक्रमणका वेला आम नागरिकको ज्यान जोगाउन विश्व अघि बढिरहेका वेला वर्तमान कम्युनिष्ट नेतृत्वको सरकार भने कुर्चि बचाउन मात्र लिप्त भएको उनको टिप्पणी छ । ‘फरक दृष्टिकोणका दुइ कम्युनिष्टबीचको अपवित्र गठवन्धनले करिब दुइ तिहाइ बहुमत यो सरकारले पाएपनि अल्पसंख्यक नागरीकलाइ समेत यो सरकारले संबोधन गर्न सकेको छैन, मलाइ लाग्छ, यो मुलुककै इतिहासमा निकम्मा र असफल सरकार हो’ केन्द्रिय सदस्य गिरीले भने ।
फरक–फरक ध्रुवका दुइ वटा कम्युनिष्ट पार्टी एकता मुलुकको समृद्धिका लागि नभएर मुलुकलाइ लुट्नका लागिमात्रै उद्धत रहेको भन्दै गिरीले यो एकताले जनतालाइ झुक्याएको बताए । तर अब जनता झुक्किने अवस्था नरहेकोपनि उनको अभिव्यक्ति थियो । रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख वत्ताका रुपमा रहेका गिरीले सरकारले बैज्ञानिक आधारविनै खोलेको लकडाउन जनताको कर अशुल्नका लागिमात्र केन्द्रित रहेको बताए ।
कोभिड नियन्त्रणकै सवालमा अरबौं रुपैयाँ घोटला गरीरहेको सरकारले जनताको जिउज्यान जोगाउने र कोरोनाको उपचार गर्नेतर्फ कुनैपनि अर्थपुर्ण पहल गर्न नसकेको अभिव्यक्ति दिए । सोही अवसरमा स्थानीय विकास निर्माणका मुद्धामा समेत सरकार असफल भएको बताउंदै दशकौं पहिले सन्चालनमा आएको टारीगाउ विमानस्थललाइ समेत समाप्त पार्न लागेको बताए ।
विमानस्थलको स्तरबृद्धिका सन्दर्भमा आम दंगालीहरुको पहल निरन्तर भैरहेको अवस्थामा वर्तमान सरकारको बजेट वक्ततव्य र रातो कितावमा पनि टारीगाउं विमानस्थलकालागी बजेट नपर्नु दुर्भाग्यपुर्ण रहेको बताए ।
त्यसैगरी किसानलाइ आवस्यक पर्ने रसायिनिक मल उपलव्ध गराउन समेत सरकार असफल भएको उनको अभिव्यक्ति थियो । कार्यक्रममा उनले खुलेरै उद्घोष नगरेपनि साथिभाइसंगको सल्लाहपछि आफु पार्टिको आसन्न महाधिवेशनमा सह महामन्त्रीको उम्मेदवार बन्न सक्ने आसय व्यक्त गरे । ‘यो मैले सवै साथिभाइको सल्लाहपछि काठमाण्डौमा गएर उद्घोष गर्ने छु, तर मेरो मनसाय अव केन्द्रिय सदस्यबाट माथि उक्लनु हो’—गिरीले भने ।
कार्यक्रममा प्रदेश सभा सदस्य शंकर गिरीलाइ स्वागत तथा सम्मान समेत गरिएको थियो । सो अवसरमा बोल्दै प्रदेश सभासदस्य शंकर गिरीले १२ जिल्लाबाट कांग्रेसमा परेको जनमतलाइ आफुले सम्मान गर्ने बताए । आफु संसदीय अभ्यासमा पहिलोपटक आएको बताउंदै जनजिविका र विकास निर्माणका सवालमा प्रदेश सरकारमा खरो प्रतिपक्षिको भुमिका निर्वाह गर्ने पनि बताए । कार्यक्रमको सहजीकरण क्लबका महासचिव विमल गौतमले गरेका थिए ।