लमजुङ, साउन २० । कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ । लमजुङको क्व्होँलासोंथर गाउँपालिका–३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँमा भदौ १ बाट पर्यटक प्रवेशमा खुला गरिएको हो ।
बन्दाबन्दीसँगै घरबास व्यवसाय सङ्कटमा परेको र बन्दाबन्दीले मात्र निकासा नहुने भएकाले पर्यटक व्यवसायलाई खुला गरिने भएको छ । लकडाउन सुरु भएसँगै घलेगाउँमा पर्यटक आउन रोकिएका थिए।गोरखापत्र दैनिकबाट