काठमाडौं, साउन २० । कोरोना महामारीबाट विश्वभर एक करोड ८४ लाख ४३ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८४ लाख ४३ हजार चार सय ८४ जना पुगेको छ ।
यस्तै,मंगलबार विहानसम्म ६ लाख ९७ हजार एक सय ८८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड १६ लाख ७२ हजार नौ सय १६ जनाले कोरोना जितेका छन ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।
अमेरिकामा मात्र एक लाख ५८ हजार नौ सय २९ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९४ हजार सात सय दुई, भारतमा ३८ हजार नौ सय ७१ जनाले कोरोनाबाट गुमाईसकेका छन् ।