Logo

प्रचण्डको आग्रहमा ओलीले पठाए नेम्वाङलाई खुमलटार



ओली–दाहालबीच आज भेटवार्ता नहुने

काठमाडौं, २२ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा्) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता नहुने भएको छ । दाहालसँग आज विहान संसदीयउ दलका उपनेता सुवासचन्द्र नेम्वाङले भेटवार्ता गरेका छन् । दाहालले ओलीसँग आफूले नेम्वाङसँग भेटवार्ता गर्न चाहेको बताएपछि ओलीले नै नेम्वाङलाई आज खुमलटार पठाएको बुझिएको छ । नेम्वाङ र दाहालबीच के कुरा भयो भन्ने कुरा बाहिर आएको छैन् । तर, आजको भेटवार्तामा नेम्वाङले दुई अध्यक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

हिजोमात्रै दाहालले काठमाडौंमा आफ्नो समूहका नेताहरुको उपस्थितिमा पार्टीनिकट पत्रकारहरुसँग ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले ओलीले पार्टीको निर्णय मान्न छाडेको आरोप लगाएका थिए । र, पार्टीमा अब खराबभन्दा खराब स्थितिपनि आउनसक्ने भन्दै खराब स्थिति आएपनि त्यो भोग्न तयार रहन नेता/कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्