काठमाडौं, २५ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतीय विदेशमन्त्री डा. सव्रमन्यम जयशंकरले नेपालको लुम्बिनीमा जन्मिउका गौतम बुद्धलाई महान भारतीय भनेर तथ्यहीन प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत नेता नेपालले यस्तो आपत्ति जनाएका हुन् । नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले लेखेका छन्,‘भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ । ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत वुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बॉकी नरहँदा-नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै ‘वुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु ।’ file photo
भारतीय विदेशमन्त्री जयशंकरले बुद्धलाई ‘भारतीय नागरिक’ भनेपछि…