Logo

अछाममा राहत र उद्धार गर्न मन्त्रीबीच छलफल



काठमाडौँ, ३ भदौै: सरकारले अछामको रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारका कार्यलाई अगाडि बढाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी तत्काल राहत र उद्धार कार्यलाई अगाडि बढाउने विषयमा छलफल गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

उनका अनुसार उनीहरुबीच बाढीपहिरामा परेकाको उद्धार गर्नका लाागि हेलिकप्टर र उद्धार सामग्री तथा राहत सामग्री पठाउनेछ । आजै नै त्यसतर्फ हेलिकप्टर राहत र उद्धारका सामग्री लिएर जाने भएको उनले बताए ।

गाउँपालिको वडा नं ५ मा आएको बाढीका कारणले अहिलेसम्म छ जनाको शव फेला परेको छ भने करिब १७ जना बेपत्ता भएका छन् । गएराति आएको अविरल वर्षाका कारण रामारोशनको सैनीबजार बगाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उद्योगमन्त्री भट्टले अछामको बाढी पीडितलाई तत्काल उद्धार गर्ने विषयमा टेलिफोनमा छलफल गरेको विषयमा उनका स्वकीय सचिव ओझाले बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्