Logo

ईच्छुमति कृषि (तरकारी) बजारमा न सामाजिक दुरी, न कुनै नियम (फोटो फिचर)



मुकुन्द कालिकोटे : काठमाडौँ। कोरोना भाईरस (कोभिड-१९) दिन प्रतिदिन बढ्दै गएपछि सरकारले दोस्रो पटक भाद्र ४ गतेबाट निषेधाज्ञा जारी गरेको छ। ‘सामाजिक दूरी कायम गरौं, माक्स प्रयोग गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नारा मोवाईलमा बज्ने सन्देशमूलक रिङ्टोन मात्रै होईन, प्रत्येक घर, चौक र गल्लीमा एक-अर्काबीच चर्चाको विषय बनेको छ।
मानिसको बाँच्न पाउने अधिकारलाई मध्येनजर गर्दै दैनिक उपभोग्य बस्तुको किनबेच विहान पाँच बजेदेखि ८ बजेसम्म तोकिएको छ। तर, विहान बेलुका पख चौक, खाध्यान्न पसल अनि तरकारी बजारमा देखिने मानिसहरुको भीडले कोरोना न्युनकरण होईन, झन घर–घर, टोल–टोल र समुदायसम्म पुग्ने सम्भावना देखिन्छ।

शनिबार विहान बागबजारस्थित समाजकल्याण परिषदद्वारा सञ्चालित ईच्छुमति कृषि ९तरकारी० बजारमा देखिएको अव्यवस्थित भीडले कोरोना समुदायस्तरमा नपुग्ला भन्न सकिन्न। हात धुने ठाउँ बनाईदिए पनि हात नधोई बजार छिर्नेहरुको संख्या र थर्मलगनले ज्वोरोको तापक्रम नाप्न नभ्याउनाले कति तरकारी किन्न प्रवेश गर्छन् यकिन छैन।

यस्ता अव्यवस्थित भीडले कोरोना महामारी सिर्जना हुनुक्ने जानकारहरु बताउछन्। यहाँ तरकारी विक्रेताहरु व्यपार राम्रै चलेको भनेर गजक्क परे पनि अनि आज त राम्रै तरकारी किनियो भनेर मख्ख परे पनि बेच्ने र किन्नेहरुबीचको सामाजिक दूरी कायम नहुँदा कोरोनाबाट बच्न सकिन्छ भन्नु गलत हो।

तरकारी बजार वारी पेटीबाट भिड–भाडको तस्विर खिच्दै गर्दा जति असहज महशुस हुन्छ, भित्र पसल–पसलको अवस्थालाई नियाल्ने हो भने कामनपा-२८ वडाका अध्यक्षदेखि अन्य पदाधिकारीहरु अनि ईच्छुमति कृषि (तरकारी) बजारका व्यवस्थापकीय पदाधिकारीहरु के गर्दै छन्  भन्ने थुप्रै प्रश्नहरु उब्जन्छन्।



प्रतिक्रिया दिनुहोस्