Logo

सोनिया गान्धीद्वारा कँग्रेस आई अध्यक्ष त्याग्ने इच्छा जाहेर, राहुको सम्भावना



एजेन्सी, ८ भाद्र । भारतको विपक्षी दल कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले नेतृत्व त्याग्ने इच्छा व्यक्त गरेकी छिन् । उनले नेतृत्वमा रहिरहन नचाहेको विषय राखेकी छिन् ।

इन्डिएन एक्सप्रेसका अनुसार सोनियाले पार्टी नेतृत्व छाड्ने प्रस्ताव राखेकी छिन् । यसअघि कँग्रेस आईका २३ जना वरिष्ठ नेताहरुले अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखी पार्टीको तल्लो देखि माथिल्लो निकायसम्म व्यापक हेरफेरको प्रस्ताव लगेका थिए । कँग्रेस आईको लामो राजनीति गरेका र विगतमा मन्त्री समेत भइसकेका गुलाम नबि आजाद, आनन्द शर्मा, कपिल सिबल, मनिष तिवारी, शशि थरुर, भुपिन्द्र सिंह हुड्डा, राज बब्बरलगायतले पत्र लेखी सोनियालाई पार्टीमा व्यापक पुर्नगठनको आग्रह गरेका थिए ।

पार्टीका वरिष्ठ नेताहरुको प्रस्तावपछि सोनियाले नेतृत्व त्याग्ने इच्छा व्यक्त गरेकी छिन् । सोनियाले नेतृत्व त्याग्ने निश्चित भएको अवस्थामा पनि गान्धी परिवारबाट अन्त नेतृत्व नजाने निश्चितप्रायः छ । यसअघि अध्यक्ष बनिसकेका राहुल गान्धीलाई फेरि अध्यक्ष बनाउने सम्भावना बलियो छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्