Logo

पुजारी हत्याको विरोधमा उत्रनेलाई कारबाही गर्न गृहको गोप्य सर्कुलर



काठमाडौं, भदौ ११ । गृह मन्त्रालले रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै सुरु भएको प्रदर्शन रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई गोप्य सर्कुलर जारी गरेको छ।

मन्त्रालयले पुजारीको हत्यामा सलग्नहरुलाई खोजेर कारबाही गर्न आदेश दिनुको साटो पुजारी हत्याको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिएको हो।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक र सबै जिल्ला प्रशासन कार्यालयलाई गोप्य सर्कुलर जारी गर्दै पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको हो ।



प्रतिक्रिया दिनुहोस्