काठमाडौं, ११ भदौ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निरन्तरता दिनुपर्छ भनेर सामाजिक सञ्जालमा दबाब बढिरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने घिसिङसँग असन्तुष्ट बनेका छन् । घिसिङको पदावधि यही भदौ २९ गते सकिँदैछ । देशव्यापी रुपमा सोसल मिडियामा घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने माग भैरहेको छ । कतिसम्म भने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पूनः नियुक्ती गरेका समाचार पनि आएका थिए । तर, उक्त समाचारमा सत्यता छैन् । विभागीय मन्त्री उर्जामन्त्री वर्षमान पुनपनि कुलमानसँग खासै सन्तुष्ट नभएको बुझिएको छ ।
कुलमानले विद्युत चुहावट रोकेको भन्दै मुकेश काफ्लेद्वारा प्रशंशा
घिसिङले सामाजिक सञ्जालमार्फत पूनः नियुक्तीको लागि दबाब बढाएको भन्ने मन्त्री र प्रधानमन्त्रीको बुझाई छ । तर, घिसिङले यसबारेमा स्पष्टीकरण दिईसकेका छन् । उनले कसैले फेक अकाउन्टमार्फ गलत प्रचार गरिरहेको भन्दै सचेत हुन आग्रह गरेका छन् । घिसिङकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको आम सर्वसाधरणको बुझाई छ । हुनपनि उनको व्यवस्पाकीय क्षमताकै कारण यो सम्भव भएको विज्ञहरुको भनाई छ । तत्कालिन उर्जामन्त्री जनार्दन शर्माको पालामा उनलाई कार्यकारी प्रमुख बनाईएको थियो । त्यतिवेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए ।
कुलमान घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नपाउने
लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई दिन मिल्दैन भन्दै मुकेश काफ्ले मिडियामा (भिडिओसहित)
प्राधिकरणका पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले घिसिङकै कारण लोडसेडिङ अन्त्य नभएको दाबी गरेका छन् । तर, उनले घिसिङको कारण विद्युत चुहावट घटेको भने स्विकारेका छन् । प्राधिकरणमा घिसिङ दोहोरिन्छन् वा दोहोरिँदैनन त्यो हेर्न बाँकी छ । तर, प्रधानमन्त्री ओली भने घिसिङसँग असन्तुष्ट रहेको बुझिएको छ । उता, नेकपाका अर्का अध्यक्ष प्रचण्डले भने घिसिङ लाई नै निरन्तरता दिनुपर्ने अडान लिएका छन् । उनले राईट म्यान ईन राईट पोष्टका हिसाबले पनि कुलमान प्राधिकरणको कार्यकारी प्रमुखमा रहनुपर्ने तर्क गरेका छन् । file photo/ReportersNepal