Logo

कोरोना संक्रमणबाट थप आठको मृत्यु (विवरणसहित)



काठमाडौं, ११ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आथ थपिएकासँगै कुल मृतक संख्या एक सय ८३ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा पाँच महिला र तीन पुरुष छन् । मृतकमध्ये अधिकांश ६० वर्ष माथिका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३८ पुरुष र ४५ महिला छन् । अहिलेसम्म कुल संक्रमितमध्ये ०.५२ प्रतिशतको मृत्यु भइसकेको छ । दिनहुँ मृतकको दर बढ्दै गएको छ ।

मृतकको विवरण
१. ललितपुरकी ६५ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
२. बाराकी २३ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
३. कास्कीकी ३२ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
४. रुपन्दहीकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
५. बाँकेकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
६. काठमाडौंका ४८ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
७. पर्साका ६२ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
८. कपिलवस्तुका ५० वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि



प्रतिक्रिया दिनुहोस्