प्रभात सिंह: कोरोना कहरले आक्रांन्त विश्व अमृत मानिएको भ्याक्सिन छिट्टै आउने आशामा छ । विगत महिनाहरुमा एन्टी भाइरल ड्रग रेमेडीसिभिरको क्लीनीकल परिक्षण सफल भएपश्चात नयाँ आशा पलाएको हो । उक्त औषधीले कोरोना संक्रमितलाई केही दिन भित्र प्रभावकारी सावित भएको जनाइएको थियो । तर, उक्त औषधी तत्कालका लगी नभइ कोरोनालाई परास्त गर्न दिर्घकालिनरुपमा असर गर्ने तरिकाले निर्माण आवश्यक रहेको बुझिएको थियो ।
तत्काल सम्पूर्ण भ्याक्सिन निर्माताहरुका लागी निकै चूनौतीको विषय बनेको देखिन्छ । विश्वले झेलिरहेको कोरोना महामारीसंग जुध्न खोप अति आवश्यक रहेको छ । खोप निर्माण गर्न जटिल विषय हो । यस्तो प्रकारको महामारी विरुद्व खोप निर्माण गर्न सजिलो हुने छैन । खोप निर्माण नभएसम्म विभिन्न देशहरुले आफ्नो तर्फबाट फरक फरक तरिकाले रोकथाम र नियन्त्रण गरिरहेका छ । खोप निर्माण भएता पनि यस्को अर्बौ डोज उत्पादन मुख्य हुने अनुसन्धान कर्ताहरुले जनाएका छन् । तत्काल विश्वभर रहेका कोरोना संक्रमितमाथि मेलेरियाको औषधी हाइड्रोक्सीक्लोरोक्वाइन प्रयोग भइरहेको छ । इवोला भाइरसविरुद्व प्रयोग भएको रेमडेसिभीरलाई प्रयोग गरिने विषय आइरहेको छ । जस्ले कोरोना संक्रमित व्यक्तिको शरीरमा प्रतिरोधात्मक प्रणालीको विकास गरी भाइरसविरुद्व लड्न सक्नेछ ।
कोरोना विरुद्वको प्रत्येक उपचार नयाँ देखिएको छ । सबैको आ आफ्नो लक्षण र संक्रमण छ । कतिपय भ्याक्सिनको परिक्षणहरु सफल भएको र उत्पादनमा जोड दिन आवश्यक रहेको फ्रान्सका विज्ञहरुले जनाएका छन् । रेमडीसीभीरको उत्पादनमा कम्पनी विगत महिनादेखि तिव्रता दिइरहेको छ । अमेरिकी एफडीए निकायले उक्त खोपको उत्पादन गर्न मान्यता दिइसकेपछि कम्पनीले उत्पादनमा जोड दिएको हो। त्यसैगरी जीलीड नामक भ्याक्सिन निर्माता कम्पनीले आफ्नो उत्पादनलाई ६ महिना भित्र ल्याउन दाबीगरिरहेको छ । यस वर्षको अन्तय सम्म रेमडीसिभीरले १० लाख मानिसलाई खोप लगाउने प्रतिवद्वता व्यक्त गरिसकेको छ । उक्त खोपले कोरोना भाइरस विरुद्व लड्न सानो भूमिकामात्र निर्वाह गर्न सक्ने बुझिएको छ।
जिलीडले कोरोना भाइरस विरुद्वको औषधी ठूलोमात्रामा निकाल्न नसकेको र उनीहरुका लागि यो चुनौती पूर्ण रहेको बुझिएको छ । अहिले सँसारमा ३० प्रकारका कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानव परीक्षण भइरहेको छ । सँसारका हजारौं स्वयंसेवकहरु परीक्षणमा सहभागी भइरहेका छन् । तिव्र गतिमा चलिरहेको भ्याक्सिनको विकासले नयाँ आशा जगाएको छ । भ्याक्सिनको परीक्षण तिव्र गतिमा भएपनि यसको परिणाम आउन भने समय लाग्नेछ । भ्याक्सिन लगाइएका व्यक्तिमा देखिएको प्रभावको परीक्षण गर्नुपर्ने र त्यसका आधारमा मात्र सफल या असफल भएको टुंगो लाग्न सक्छ । भ्याक्सिन विकास निकै कठिन मात्र छैन सुरक्षित र प्रभावकारी भएको प्रमाणित गर्न झन् कठिन छ ।रुसले तेस्रो चरणको परीक्षण अगावै स्पुतनिक भी नामको कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गरिसकेको छ । रुस भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको छ । गेमिलिया कम्पनिको भ्याक्सिन यसै हप्ताबाट जनसमुदायमा प्रयोग हुने घोषणा भइसकेको छ । प्रारम्भमा स्वास्थ्यकर्मी, सैनिक जस्ता अग्रपंक्तिमा रहेर काम गर्नेले पाउनेछन् ।
अहिले अन्तिम मानव परीक्षणको चरणमा रहेका अग्रपंक्तिका भ्याक्सिनहरुमा चीनका तीन, बेलायतको एक, अमेरिकाको एक र जर्मनी र अमेरिकाको संयुक्त प्रयासमा एक रहेका छन् । रुसले भ्याक्सिन दर्ता गरेकोमा पश्चिमा देशहरुले आलोचना गरेका छन् । रिसर्च तथ्यांक सार्वजनिक नगरी भ्याक्सिनको दर्ता गरेको उनीहरुको भनाई रहेको छ । तर, रुसले यस्तो आलोचनालाई बेवास्ता गरेको छ । बरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको छोरीमाथि नै भ्याक्सिनको परीक्षण भएको स्वयं पुटिनले खुलासा गरेका थिए । रुसले दोस्रो भ्याक्सिन अक्टोबरको अन्तसम्ममा ल्याइसक्ने जनाएको छ ।
चीनको क्यानसिनो कम्पनिले पनि भ्याक्सिन प्रयोगको अनुमोदन गरेको छ । तेस्रो चरणको मानव परीक्षणको अन्तिम चरणमै सैनिकमाथि भ्याक्सिन प्रयोगको अनुमती पाएको थियो । विश्व स्वास्थ्य संगठनले विश्वभर एक सय ६० भन्दा बढी प्रकारका भ्याक्सिन विकासको चरणमा रहेको उल्लेख गरेको छ । छ वटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणमा रहेसँगै डब्लुएचओ उत्साही भएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अडानोम घेब्रेयससले भ्याक्सिनको तिव्र विकास भइरहँदा अबको एक वर्षभित्र सँसारबाट कोरोना भाइरसको अन्त हुने विश्वास व्यक्त गरेका छन् । गत हप्ता बोल्दै उनले प्रविधिको विकासका कारण यस्तो अवस्था आउने तर्क गरे ।
विश्वभर एक सय ६० भन्दा बढी भ्याक्सिन विकास भइरहँदा विभिन्न देशहरुले जतिसक्दो छिटो भ्याक्सिन प्राप्त गर्न पहल गर्न थालेका छन् । अष्ट्रेलियाले बेलायतमा बनिरहेको भ्याक्सिन सफल भएमा आफ्ना जनताका लागि खरिद गरी सित्तैमा लगाइदिने सम्झौता गरिसकेको छ । फिलिपिन्स, मेक्सिको जस्ता देशहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तयारी थालिसकेका छन् । नेपालले पनि भ्याक्सिन विकास भएसँगै जतिसक्दो छिटो ल्याउन पहल गरेको खुलाइसकेको छ ।विश्वमा यति धेरै भ्याक्सिन विकास भइरहे पनि सबै सफल हुनेमा आशंका छ । भ्याक्सिन विकास सहज होइन र यसलाई प्रमाणित गर्न पनि कठिन हुन्छ । त्यसमाथि फाष्ट ट्रयाकमा बनिरहेका भ्याक्सिनको विश्वसनीयतामाथि प्रश्न उठाउन थालिएको छ । यसकारण सबै भ्याक्सिन सफल, प्रभावकारी र सही नहुन पनि सक्छ । कोरोना महामारीको असर विश्ववले दिनप्रतिदिन भोगीरहेको अवस्था जटिल बन्दै गएको छ । सम्पूर्ण देशहरुले खोप निर्माण गर्न हरप्रयास गरिरहेको छ ।
संक्रमणलाई नियन्त्रण गर्न खोप मात्र आशा रहेको देखिन्छ । तर, खोपले सम्पूर्ण समस्याको हल निकाल्न सक्छ भन्ने प्रश्न तेर्सिएको छ । हङकङमा एक परास्त गर्न सफल भएको एक युवकमा पुनः चार महिनापछि संक्रमण देखापरेको छ । यस विषयले सम्पूर्णको ध्यान केन्द्रित गरेको छ । त्यसकारण दिर्घकालिन रुपमा उक्त भाइरसलाई परास्त गर्न अस्त्रमा जोड दिनु पर्ने अहिलको आवश्यकता रहेको देखिन्छ । योसँगै सन् २०२० को कहर सकिएर २०२१ को नयाँ विश्व परिवेश निर्माण हुने आशा गरिएको छ । सँसार फेरि सामान्य अवस्थामा फर्कने आँकलन गरिएको छ ।- विभिन्न समाचार एजेन्सीको सहयोगमा , Photo Source: Agency