काठमाडौं, १२ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन सर्वाधिक १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष छन् ।
आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ । जसमा एक सय ४६ पुरुष र ४९ महिला छन् । अहिलेसम्म कुल संक्रमितमध्ये मृतकको प्रतिशत ०.५३ रहेको छ ।
मृतकको विवरण
मोरङकी ५६ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
मोरङकी ६५ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
भक्तपुरकी ६४ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
मकवानपुरकी ७१ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
उदयपुरका ५२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
पर्साका ७२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
धनुषाका ४५ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
सिराहाका ५५ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
झापाका ८३ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
चितवनका ५१ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
कास्कीका ५२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
रुपन्देहीका ६० वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि