Logo

कुलमानलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार, प्रधानमन्त्री ओली सकारात्मक !



काठमाडौं, १४ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनेगरि विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रस्ताव तयार पारेका छन् । यही भदौ २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । तर, उनको पक्षमा सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक माहोल देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई निरन्तरता दिन सकारात्मक देखिएका छन् । यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले घिसिङलाई निरन्तरता नदिने संकेत गरेका थिए । उनले सामाजिक सञ्जालले घिसिङलाई नियुक्ती दिएको भए अर्कै कुरा नत्र सरकारले नियुक्त गरेको छैन भन्ने जवाफ दिएका थिए ।

प्राधिकरणमा दोहोरिन बालुवाटार र खुमलटार रिझाउँदै कुलमान, लविङ सुरु !

कुलमान घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नपाउने

लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई दिन मिल्दैन भन्दै मुकेश काफ्ले मिडियामा (भिडिओसहित)

स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसिङको बारेमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गरेका थिए । दाहाल त सुरुदेखि नै घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने पक्षमा छन् । पुनले पनि दाहालकै निर्देशनबमोजिम घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेका छन् । आज मन्त्रिपरिषदको बैठक बसिरहेको छ । सम्भवतः आजकै बैठकमा घिसिङलाई निरन्तरता दिनेबारे प्रस्ताव लगिएको स्रोतको दाबी छ ।

कुलमानसँग प्रधानमन्त्री ओली असन्तुष्ट, निरन्तरता दिनुपर्ने प्रचण्डको अडान !

विद्युत्भार कटौतीको अन्त्य सरकारको योजनामै भएको हो : कार्यकारी निर्देशक घिसिङ

कुलमानले विद्युत चुहावट रोकेको भन्दै मुकेश काफ्लेद्वारा प्रशंशा

FILE PHOTO/REPORTERSNEPAL



प्रतिक्रिया दिनुहोस्