Logo

बामदेवको नयाँ राजनीतिक अस्त्रले तरंग, राष्ट्रियसभामा लानुपर्ने जिकिर



काठमाडौं, १५ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लाने विगतको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएपछि तरंग आएको छ । उनले पार्टीको निर्णय कुनै हालतमा कार्यान्वयन हुनुपर्ने भन्दै राष्ट्रियसभामा जान तयार भएको बताएका हुन् ।

गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट टारेपछि सहज रुपमा परिस्थिति विकास हुने आँकलन भइरहँदा नयाँ घटनाक्रम विकास भएको छ । यसअघि ऋषि धमलासँग शनिबारको अन्तवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा बामदेवलाई लाने निर्णय पुरानो भइसकेको भन्दै नलाने संकेत गरेका थिए । उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै लाने संकेत गरेका थिए ।

आज नै रिपोर्टर्स नेपालले बामदेवलाई प्रधानमन्त्री ओलीले डोल्पाबाट चुनाव लडाउन खोजेको समाचार प्रकाशित भएको थियो । यसप्रति गौतमले चासो व्यक्त गरेका थिए । लगत्तै उनले निकटस्थसँग परामर्श गरी ओलीले धोकाधडी दिन खोजेको निष्कर्ष निकालेका थिए ।

वामदेव डोल्पाबाट चुनाव लड्ने, प्रधानमन्त्री ओलीले लिए जीतको जिम्मा !

विश्वस्त स्रोतका अनुसार गौतमले सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने या भविष्यमा अध्यक्षमा सहयोग गर्ने सुनिश्चितताको चाहना व्यक्त गरेका थिए । ओलीले गौतमको यी दुवै चाहना पूरा नगर्ने देखेपछि गौतमले नयाँ अस्त्र फालेका छन् । १८ भाद्रमा नेकपा सचिवालय बैठक तय भइरहँदा बामदेवको अभिव्यक्तिले तरंग आएको छ ।



प्रतिक्रिया दिनुहोस्