Logo

मलको हाहाकार अन्त्य गर्न बाबुरामको चार सुझाव



काठमाडौं, १६ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा मलको हाहाकार अन्त्य गर्नको लागि महत्वपूर्ण चार सुझाव अघि सारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले भारत, बंगलादेश र चीनसँगको संयुक्त लगानीमा नेपालमै कारखाना खोल्न पहिलो सुझाव दिएका छन् । त्यस्तै, मल बढि उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गर्नपनि उनले दोस्रो सुझाव अघि सारेका छन् ।


त्यस्तै, तेलमा झैं मलमा पनि भारतसँग द्धिपक्षीय सम्झौता गरेर आयात गर्न र देशभित्रै प्रांगरिक मल प्रर्वद्धन गर्न उनले सुझाव दिएका छन् । हेरौं बाबुरामले ट्विटरमा के लेखेका छन् ? “प्रत्येकबर्ष हुने मलको हाहाकार अन्त्यगर्न यसो गरौं :१.भारत/बंगलादेश/चीनसंग संयुक्त लगानीमा नेपालमै कारखाना खोलौं;२.मल बढी उत्पादन हुने खाडी मुलुकसंग सम्झौता गरेर सिधै आयात गरौं;३.तेलमा झैं मलमा पनि भारतसंग द्विपक्षीय सम्झौता गरेर आयात गरौं;४.देशभित्रै प्रांगारिक मल प्रबर्धन गरौं!”



प्रतिक्रिया दिनुहोस्