काठमाडौं, १७ भाद्र । देशमा एकै दिन १२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि भएकाहरुमा ६ जना पुरुष र ६ जना महिला छन् ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ ।
गौतमका अनुसार आज थपिएकासँगै कुल मृतक संख्या २ सय ५१ पुगेको छ । जसमध्ये एक सय एक सय ८५ पुरुष र ६६ महिला छन् । देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ०.६० पुगेको छ ।
मृतकको विवरण
१. चितवनकी ५५ वर्षीया महिला
२. चितवनकी १८ वर्षीया महिला
३. काठमाडौंकी ८९ वर्षीया महिला
४. ललितपुरकी ७० वर्षीया महिला
५. तनहुँकी २० वर्षीया महिला
६. कपिलवस्तुकी ६० वर्षीया महिला
७. बाराका ५७ वर्षीय पुरुष
८. चितवनका ६५ वर्षीय पुरुष
९. भक्तपुरका ४० वर्षीय पुरुष
१०. काठमाडौंका ७० वर्षीय पुरुष
११. काठमाडौंका ७५ वर्षीय पुरुष
१२. धादिङका ४७ वर्षीय पुरुष