काठमाडौं, १७ भाद्र । आज काठमाडौं उपत्यकामा चारजनाको बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तीन पुरुष र दुई महिला छन् ।
मृतकमध्ये काठमाडौंका तीन र ललितपुर र भक्तपुरका एक एकजना छन् । जसमध्ये एक ४० वर्षीय पुरुष र चारजना वृद्धवृद्धा छन् । उपत्यकामा कोरोनाबाट दैनिक मृत्यु रेकर्ड भइरहेको छ ।
आज एकै दिन १२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ ।
मृतकको विवरण
१. काठमाडौंकी ८९ वर्षीया महिला
२. ललितपुरकी ७० वर्षीया महिला
३. भक्तपुरका ४० वर्षीय पुरुष
४. काठमाडौंका ७० वर्षीय पुरुष
५. काठमाडौंका ७५ वर्षीय पुरुष