Logo

पर्सा र बारामा १८ जनामा संक्रमण पुष्टि



वीरगंज, २० भदौ । नारायणी अस्पतालको प्रयोगशालामा ५८० जनाको स्वाब नमूना संकलन गर्दा जम्मा १८ जनामा मात्र कोरोना संक्रमण भेटिएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा र बारा जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरी ल्याइएका ५८० जनाको स्वाब नमूना परीक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

४ जना महिलासहित पर्साका ६ जना छन् र बारा जिल्लाको १२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । संक्रमितमध्ये १० जनाको सिटी भ्यालु २४ भन्दा माथि छ भने ८ जनाको सिटी भ्यालु २४ भन्दा कम रहेको छ । २४ भन्दा कम सिटी भ्यालु भएका संक्रमितहरूले संक्रमण सार्ने सम्भावना बढी हुन्छ । पछिल्लो समयमा पर्सामा कोरोना संक्रमितहरुको संख्या घटदै गइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्