काठमाडौं, २१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ महिला र ७ पुरुषको मृत्यु पुष्टि गरेका हुन् ।
आज मृत्यु भएकासँगै देशमा कुल मृतक संख्या २ सय ८९ पुगेको छ । देशभर दुई सय १० पुरुष र ७९ महिलाको मृत्यु भइसकेको छ ।