Logo

कोरोना संक्रमणबाट ७६ वर्षीय पुरुषको निधन



विराटनगर, भदौ २२ । प्रदेश १ मा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । विटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान मृत्यु भएको हो ।

मृतक विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जनाए। मृतकमा भदौ ११ गने संक्रमण पुष्टि भएको थियो।



प्रतिक्रिया दिनुहोस्