काठमाडौं, २२ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्ने र गल्ती गर्न वा पतनबाट बचाउने टिप्पणी गरेका छन् । तर, निहित स्वार्थ केन्द्रित अन्ध चाकडीवाजहरुले प्रशंसा र भजनमात्रै गाउने र डुवाउने पनि उनको अर्को टिप्पणी छ ।
सामाजिक सञ्जाल फेशुबकमार्फत प्रवक्ता श्रेष्ठले लेखेका छन्,‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन् ,जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् ।त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन। बिचार सहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नु अघि सँशयकारी जस्ता देखिन सक्छन् ।तर बिचार सहितका विवेकीहरु नै सुरा मुर्खहरु भन्दा भरपर्न लायक हुन्छन् ।’
उनले अघि लेखेका छन्,‘लोकतान्त्रिक पद्धतीअन्तर्गत कार्यगर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ ।बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा ।निरङ्कुश तानाशाही तन्त्र छलफलको ू झञ्झटू बाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन ।’ file photo