Logo

काठमाडौंमा तीन महिलाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)



काठमाडौं, २२ भाद्र । काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा तीनजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृतकहरु तीनैजना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा दुई वृद्धा र एक महिला छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा मृतकको संख्या बढिरहेको छ । हिजो पनि तीनजनाको मृत्यु भएको थियो ।

आज देशभर ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै कुल मृतकको संख्या तीन सय पुगेको छ ।

मृतकको विवरणसहित
१. काठमाडौंकी ३७ वर्षीया महिला
२. काठमाडौंकी ९० वर्षीया महिला
३. काठमाडौंकी ८३ वर्षीया महिला



प्रतिक्रिया दिनुहोस्