Logo

मनोसामाजिक समस्या सम्बोधन गर्नेगरि तत्काल योजना बनाएर अघि बढ्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनेसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गरेका छन् ।

मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुनेमा जोड दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । उक्त अवसरमा प्रा. डा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा. डा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेललगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीले आमन्त्रित गरेर सल्लाह सुझाव लिएकोमा धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्रीले स्पष्ट गरे,‘कोभिड–१९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’ Photo Source: Surya Thapa/Facebook



प्रतिक्रिया दिनुहोस्