Logo

दुई दिनमै १२ सय नेपाली मुगलान पसे



कैलाली, भदौ २४ । कोरोना संक्रमणको डरले घर फर्किएका भारतमा काम गर्दै आएका नेपाली पुनः भारत जाने क्रम बढेको छ। केही महिना घर–गाउँमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरी भारत जान थालेका हुन्।

अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ। त्रिनगर–गौरीफन्टा नाकाबाट मंगलवार पनि चार सय ४८ जना भारत पसेका छन्। उनीहरु मध्ये चार सय २५ बढि नेपाली रहेको दावी गरिएको कैलाली प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्