वीरगंज, २४ भदौ । चटयाङ लागेर पर्साको ठोरी गाउँपालिकामा एकजना कृषक घाइते भएका छन् । बुधवार बिहान खेतको मचानमा मकै कुर्न बसेका ठोरी गापा–४ विजयवस्तीका ४१ वर्षीय तालबहादुर श्रेष्ठलाई चटयाङ लागेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
उनको उपचार भरतपुरमा भइरहेको छ । चटयाङ लाग्दा उनको शरीरको एकतर्फी भाग चल्न नसकेको प्रनि अशोक साहले बताए ।-File Photo: Agency